सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर छ । सोमबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =