नेपाल लाइफ इन्स्योरेन्सको सातौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनीको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सोमबार कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लि. सहितको एकीकृत वित्तीय विवरणहरू, लेखापरीक्षकको नियुक्तिका साथ शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र ०.८४ प्रतिशत नगद लावंश पारित, सो अनुरूप पुँजी वृद्धि गर्ने र प्रवन्धपत्रका सम्बद्ध दफाहरू संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरू पारित गरेको छ ।

बैंकका अनुसार वार्षिक साधारण सभाबाट कम्पनीमा पहिलो पटक सर्वसाधारण सेयर धनीहरूको तर्फबाट देहाय बमोजिमका सञ्चालकहरू निर्विरोध निर्वाचित भएको छ ।

निर्विरोध निर्वाचित सञ्चालकहरुः
१. डा. भिष्म कार्की
२. दिवेश लोहनी

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्ब ६४ करोड पुरा भएको छ ।

वार्षिक साधारण सभामा सेयर धनीहरूले राखेको जिज्ञासाहरू उपर कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले जवाफ दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *