गायक दुर्गेश थापामाथि जुत्ता प्रहार

काठमाडौं । गायक तथा मोडल दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ ।

आठौं वालिङ महोत्सवको नवौं दिन शनिबार राती गीत गाउने क्रममा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको हो ।

आयोजक संस्था वालिङ उद्योग वाणिज्य संघ, सुरक्षाको जिम्मा लिएको जिल्ला प्रशासन कार्यालय, स्याङजा र इलाका प्रशासन कार्यालय वालिङको फितलो कमजोर सुरक्षा व्यवस्थापनका कारणले घटना घटेको पाइएको छ ।

गायक दुर्गेश थापाले घटनाबारे दुःख व्यक्त गर्दै घटनालाई सामान्य रुपमा हेरिदिन आग्रह गरेका छन् ।

उनले भने, ‘गीत गाउँदै थिए, म माथि आक्रमण भयो ।’ जुत्ता प्रहारपछि मञ्चबाट उनले कुनै प्रतिक्रिया जनाएनन् । निरन्तर प्रस्तुति दिइरहे ।

आठौं वालिङ महोत्सवका संयोजक चेतनारायण श्रेष्ठले कलाकार थापामाथि जुत्ता प्रहार बारे आफूलाई केही जानकारी नभएको बताए । तर, घटनाको बेला आफू भने मञ्चमै भएको स्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका निमित्त प्रवक्ता इन्सपेक्टर पवल सिं लामाले जुत्ता प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *