साताको पहिलो दिन घट्यो सुनको मूल्य
२०८० माघ २८ गते

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार ५ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको हो ।
छापावाला सुन १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८० माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








