रुसी सेनामा भर्ती भएकाहरूका आफन्तद्वारा दूतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले रुसी दूतावासलाई ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेका छन् ।

रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले सकुशल घर फिर्ताको वातावरण बनाइदिन आग्रह गर्दै उनीहरूले आज दूतावास पुगेर ध्यानाकर्षण गराएका हुन् ।

रुसमा मृत्यु भएकाहरूको शव नेपाल ल्याइदिनुपर्ने,उचित क्षतिपूर्ति दिनुपर्ने, सम्पर्क विहीनहरूको अवस्थाबारे तत्काल जानकारी दिनुपर्ने, हाल कार्यरत सैनिकलाई नि सर्त नेपाल पठाउनु पर्ने र रुसी सेनामा नेपाली भर्ती गर्नुपर्ने लगायतका माग उनीहरूका छन् ।

रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरूले वैदेशिक रोजगारीका लागि दुबई कतार लगायतका देशमा गएका युवाहरू पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् ।

अहिलेसम्म १३ जनाको रुसमा मृत्यु भएको पुष्टि भए पनि कति भर्ना भएका छन् भन्ने यकिन तथ्याङ्क भने सरकारसँग छैन ।

हेर्नुहोस् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *