लगातार बढिरहेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो सोमबारदेखि निरन्तर बढिरहेको सुनको मूल्य आज घटेको हो ।

शुक्रबार प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेको हो । छापावाला सुन १ लाख १८ हजार ९ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको भने तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =