हुन्डाई एक्सटरको बुकिङ खुल्ला, चाँडै डेलिभरी सुरु हुने

काठमाडौँ । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले SUV Exter को बुकिङ खुल्ला गरेको छ ।

गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो |

Hyundai Exter ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV हो जुन Hyundai Venue भन्दा अघि रहने छ ।

आकर्षक बनोट र विभिन्न फिचरले Exter लाई एक विशेष SUV बनाएको छ ।

कम्पनीका अनुसार गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (ICOTY)  को विजेता समेत बनेको छ ।

एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ । यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ ।

१.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु safety, convenient र comfort का फिचरलाई विशेष ध्यान दिएर बनाइएको छ ।

यसमा १८५ mm को उत्कृष्ट ground clearance रहेको छ, जसले गर्दा नेपाल को विभिन्न बाटोहरूमा सहज यात्रागर्ने आत्मविश्वास दिलाउँछ । हिल एसिस्ट कन्ट्रोल (HAC) र भेइकलस्ट्याविलीटी म्यानेजमेन्ट (VSM) जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ ।

६ कलर अप्सनमा आउने EXTER नेपालमा E, S र SX गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जसको मूल्य क्रमशः रु
३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार हुनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि। ले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५+ चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *