नाइजेरियामा अन्तरसाम्प्रदायिक झडपमा ५५ को मृत्यु

समुदायका नेताहरू र रेडक्रसको बिहीबारको रिपोर्टअनुसार नाइजेरियाको उत्तर–मध्य पठार राज्यमा नयाँ हिंसा भएको एकै दिनमा ५५ जनाको मृत्यु भएको छ। त्यहाँ मुस्लिम गोठालाहरू र ईसाई कृषक समुदायबीच झडप सुरु भएको हो।

समुदायका नेताहरूका अनुसार पठारको मङ्गू स्थानीय जिल्लामा मङ्गलबार २४ घन्टे कर्फ्यु लगाइए पनि बुधबार दिनभर भएको थप आक्रमणमा विद्यालय, पूजा स्थल र घरहरू जलाइयो र लुटपाट गरियो।

अधिकांश ईसाई रहेको जातीय म्वाघवुल मानिसहरूको सङ्गठन म्वाघवुल विकास सङ्घले फुलानी मुस्लिम गोठालाहरूमाथि क्वाहास्लालेक गाउँमा आक्रमण गरेको आरोप लगाएको छ। उक्त आक्रमणमा करिब ३० जनाको मृत्यु भएको छ।

‘अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छाडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै गर्न सक्छन्’, सङ्घले भनेको छ।    मङ्गू टाउन सेन्टर नजिकै र वरपर धेरै आक्रमण भएको छ। मुस्लिम समुदायको सङ्गठन जमाअतु नसरिल इस्लाम (जेएनआई) को स्थानीय च्याप्टरका अध्यक्ष जाफरु मुसाले थप २५ जना मारिएको सूचना दिएका छन्।

‘हाम्रा धेरै मानिस मारिएका छन्, हामीले २५ शव फेला पारेका छौं, शवहरू यहाँ मस्जिदमा हामीसँग छन्’, उनले भने। पठार राज्यका जेएनआई सचिव सलिम मुसाले पनि भने, ‘अहिलेसम्म २५ मुसलमान मारिएको पुष्टि भएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =