ग्यास बिस्फोट हुँदा ६ जनाको मृत्यु
२०८० माघ १० गते

एजेन्सी । मंगोलियाको राजधानीमा ग्यास बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
मङ्गोलियाको राजधानीमा बुधवार ६० टन ग्यास बोकेको एउटा ट्याङ्कर बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।
कम्तीमा १४ जना घाइते भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाएको छ ।
पूर्वी जिल्ला बायानजुर्खको सडकमा दुर्घटना भएको थियो । यसका साथै बिस्फोटका कारण करिब ३० सवारी साधन जलेका छन् ।
घटनास्थलबाट नजिकका धेरै भवनहरू आंशिक रूपमा ध्वस्त भएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।
२०८० माघ १० गते
प्रतिक्रिया
सम्बन्धित








