दक्षिण कोरियामा आगलागी, २२७ पसलहरू नष्ट

एजेन्सी । दक्षिणपश्चिमी दक्षिण कोरियाको एक समुन्द्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । राति करिब ११ बजेर ८ मिनेटमा भएको आगलागी राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा पर्दछ ।

तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन कठिन भएपछि करिब नौ घण्टापछि पूर्ण रूपमा निभाइएको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् । आगलागी हुँदा बजारमा कोही नभएकाले मानवीय क्षति भने भएको छैन । घटनाको वास्तविक कारणबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =