अर्काको खुट्टा तानेर सफल भइँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। सोमबार नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनमा देउवाले एकले अर्कोलाई हराउने प्रतिस्पर्धामा लाग्दा बलियो पार्टी बनाउन नसकिने बताए।

‘एकले अर्काको खुट्टा तानेर सफल भइँदैन, मिलेर काम गर्नुपर्छ,’ देउवाले भने, ‘फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौँ ।’

समानुपातिक र समावेशी सिद्धान्तका कारण एक दलको बहुमत नआएकोले गठबन्धन गरेको स्पष्ट पार्दै सभापति देउवाले एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने समेत बताए।

राष्ट्रियसभामा पनि आफ्नो दलकै बहुमत सदस्य लिएर गठबन्धनमा गएकोले कार्यकर्ताले विरोध गर्नुनपर्ने उनको भनाइ छ । माघ ११ मा निर्वाचन हुन लागेको राष्ट्रिय सभाको १९ सिटमध्ये गठबन्धनमा कांग्रेसले १० उम्मेदवार खडा गरेको छ।

‘चुनौतीहरु सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो,’ उनले भने, ‘राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ ।’

सबैले टिकट नपाउने भन्दै टिकट पाएकाले नपाएकालाई साथमा हिँडाउनुपर्ने बताए । उनले टिकट वितरणमा उचित मूल्यांकनको आधार बनाउने समेत प्रतिबद्धता जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =