भोलिदेखि न्यूरोड क्षेत्र सडकमा पार्किङ नपाईने

काठमाडौं महानगरपालिकाले भोलि मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ। महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो।

काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

राजुनाथ पाण्डेले भोलिदेखि पार्कि निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको बताए।

पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल आसपास कालोपत्रे सडकमा पार्किङ निषेध हुने छ।

यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =