मकवानपुरबाट करिब ५० किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर । थाहा नगरपालिका–८ दामगडेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो करिब ५० किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका–५ घर भई मकवानपुर थाहा नगरपालिका–९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका–३ दमकी घर भई सोही नगरपालिका–६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी चालक प्रभात र गाडीमा सवार रण बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 11 =