टिचिङ अस्पतालको कार्ड बोक्थे बसुन्धाराबाट पक्राउ परेका नक्कली डाक्टर
२०८० माघ ८ गते

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ ।
सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको छ ।
उनले भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।
२०८० माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








