सोमबार कति छ सुनचाँदीको मूल्य ?
२०८० माघ ८ गते

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको हो ।
तेजाबी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । यसदिन चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८० माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित








