नेकपा एसको आम्दानी झण्डै ८ करोड, एक करोड ३२ लाख बढी बचत

काठमाडौं । नेकपा एकीकृत समाजवादीको गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ ।

लेखा परीक्षणअनुसार पार्टीको आम्दानी गत आर्थिक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रूपैयाँ छ ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम र सहयोग रकम पार्टीको मुख्य आम्दानी स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।

सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च रूपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रूपैयाँ बचत भएको छ ।

चालु आर्थिक वर्षको र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रूपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ ।

पार्टीको चालु आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखा प्रमुख पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =