प्रोफेसर डा.अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन

काठमाडौं । प्रोफेसर डा. अर्जुनदेव भट्टका चार कृति एकसाथ विमोचन भएका छन् ।

शनिवार काठमाडौंमा एक कार्यक्रमबीच वरिष्ठ न्युरोलोजिस्ट प्रा.डा. भट्टका कृतिहरु मेरी आमा, समय यात्रा, युद्ध बिना युद्ध र रुपान्तरण सार्वजनिक भएका हुन् ।

विमोचन समारोहमा बोल्दै वरिष्ठ साहित्यकार देवी नेपालले पुस्तकहरु सर्वसाधारणले बुझ्नेगरी लेखिएको बताए ।

उनले कृतिहरु वर्षौंवर्षसम्म रहीरहने सम्पती रहेको बताए ।

उनले भने– ‘हामीले बौद्धिक व्यक्तित्वहरुको कुरा गर्छौं तर आजको पुस्ताले चिन्दै चिन्दैन । तर आजको पुस्ताले पनि भानुभक्त चिन्छ, देवकोटा चिन्छ । अर्जुन भट्टजीले भौतिक सम्पती बनाउनुभएको भए नसक्ने हो त उहाँ ? सम्पती त छोराछोरीका नाममा सर्छन् तर कृतिहरु उहाँकै नाममा सयौँ वर्षपछि पनि प्रकाशित हुन्छन् । यो सम्पती हो । पाण्डित्य प्रदर्शन, डाक्टरी बौद्धिकताको प्रदर्शन छैन । सर्वसाधारणले बुझ्नेगरी गम्भीर कुरा प्रदान गर्नुभएको छ ।’

कार्यक्रममा बोल्दै पुस्तक समालोचक डा.पुष्कार भट्टले पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको बताए ।

उनले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रश्तुत गरिएको छ । नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरु पनि देखाएको बताए ।

उनले भने–‘सामाजिक रुपान्तरण कुराहरु, भाषणका हिसावले लामा लामा कुराहरु आएका छन्, तर यसमा सबैले बुझ्ने गरी आएको भए राम्रो हुन्थ्यो । पुस्तकमा पश्चिम नेपालको एउटा कुप्रथालाई देखाउन सफल भएको छ । यसले सामाजिक चेतना, स्वाभिमान यात्रालाई प्रश्तुत गरिएको छ । नागरिक नै बन्न नपाएको, विदेशीले अपहेलित गरेको, वैदेशिक रोजगारका समस्याहरु पनि देखाएको छ । मानवीय समवेदनका कुरा पनि देखाएको छ ।’

कार्यक्रममा पूर्वमन्त्री गणेश शाह, समालोचक पुरुसोत्तम दाहालले नेपाली समाज बिस्तारै अल्छि बनिरहेको बताए । उनले कितावहरुमा कारुणिक किसिमको कथावस्तु रहेको बताए ।
कार्यक्रममा लेखक भट्टले जीवन एउटा संघर्ष भएको र कर्म सुख शान्तिको आधार भएको भन्दै कितावको मूल्यांकन पाठकलाई छोड्ने बताए ।

शनिवार चार कृतिहरु एकसाथ विमोचन भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =