उपकूलपतिको कार्यकक्षमा धरानका मेयरले लगाएको ताला खोल्न अदालतको आदेश

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न आदालतले आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले मेयर साम्पाङले लगाएको ताला खोल्न आदेश दिएको हो ।

मेयर साम्पाङ आफैंले उपकूलपति प्रह्लाद कार्कीको कार्यकक्षमा तालाबन्दी गरेर थप कारबाही गर्न स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेका थिए ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको हो ।अदालतले कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

अस्पतालमा दैनिक हजारौं बिरामी स्वास्थ्य सेवा र उपचारका लागि आउने भएकाले मानवीय संवेदनशीलता भएको स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दीजस्ता कार्यले स्वास्थ्य सेवाबाट बिरामीहरू वञ्चित हुन गएको भन्दै प्रतिष्ठानमा गरिएको तालाबन्दी खोली नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नू गराउनू भनि आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + thirteen =