लगातार तीन दिन घटेको सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?
२०८० माघ ५ गते

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ । लगातार तीन दिन घटेको सुनको मूल्य आज भने बढेको हो ।
बिहीबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १८ हजार रुपैयाँमा किनबेच भएको छ । तेजाबी सुन तोलामा १ लाख १७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको हो ।
२०८० माघ ५ गते
प्रतिक्रिया
सम्बन्धित








