सन्दीप लामिछानेको यात्रामा लागेको ‘ब्रेक’

काठमाडौँ । सन्दीप लामिछाने नेपालको पहाडी जिल्ला स्याङ्जामा जन्मिएका हुन् । उनका बुबा भारतीय रेल्वे सेवामा काम गर्थे ।

बाल्यकाल भारतमा बिताएका उनले त्यहाँ आधारभूत क्रिकेट सिकेका थिए । पछि पढाइका लागि नेपाल फर्के । पश्चिम नेपालको नवलपरासीको रजहरमा दिदीको घरमा बसे । उनले त्यहाँ पनि क्रिकेट सिक्न थाले । उनी आफ्नो गाउँबाट १८ किमी टाढा रहेको चितवन क्रिकेट एकेडेमीमा दिनहुँ प्रशिक्षण गर्न जान्थे ।

उनका प्रशिक्षक राजु खड्कालाई उनी पहिलो दिनमै अरूभन्दा अलग छन् भन्ने लाग्यो । प्रशिक्षक राजुले उनलाई १९ वर्षको राष्ट्रिय टोलीमा समावेश गर्ने प्रयास गरेका थिए तर उनी छनोटमा परेनन् । त्यसैबेला नेपालका श्रीलंकाली मूलका क्यानेडेली प्रशिक्षक पुबुदु दशानायक नयाँ खेलाडीको खोजीमा थिए ।

ट्यालेन्ट हन्टको क्रममा चितवन एकेडेमीमा पुगेका प्रशिक्षक पुबुदु सन्दीपलाई देखेपछि तत्कालै प्रभावित भए र सिधै राष्ट्रिय टोलीको क्याम्पमा बोलाए । त्यहाँबाट उनको राष्ट्रिय टोलीको यात्रा सुरु भयो । त्यो खेलसँगै लामिछानेको नाममा थुप्रै इतिहास बन्यो । उनी आइपीएल खेल्ने पहिलो नेपाली, आइपीएल खेल्ने १३ औं राष्ट्रका खेलाडी, तेस्रो कम उमेरका खेलाडी बने ।

आईपीएलमा पहिलोपटक नेपाली खेलाडीले कोहली र विश्वमै कहलिएका एबी डी भिलियर्सविरुद्ध बल फ्याँके । त्यसबेला ती खेलाडीहरूले उनको बलिङ शैलीको खुलेर प्रशंसा गरेका थिए ।

त्यसपछि उनले पछाडि फर्केर हेर्नुपर्ने ।

त्यसपछि उनले ‘मेमोरी’, ‘उदास छ यो मेरो मन’, ‘भेँटु कसरी’ जस्ता म्युजिक भिडियोमा गायक, रचनाकार र अभिनेताकारुपमा पनि काम गरे । यस अवधिमा उनले बाढी पीडित, कोभिड–१९ र क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग पनि गरे ।

वि.सं २०७९ कार्तिक १४ गते किशोरी बलात्कार गरेको आरोपमा सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दा दायर भयो । पटकपटक उनीविरुद्धको मुद्दा सुनुवाइ स्थगित हुदैँआएपनि २०८० पुस १३ गते काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्‍यो।

अदालतले उनलाई ८ वर्ष कैद र ३ लाख जरिवाना सजाय तोकिसकेको छ । पीडितको उमेर १८ वर्ष पूरा भएपनि सहमतिमा करणी भएको नदेखिएको भन्दै काठमान्डौं जिल्ला अदालतले पुस १३ गते उनलाई दोषी ठहर गरेको थियो । अदालतले ‘पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाइएको ’ भन्दै आफ्नो फैसलामा उल्लेख थियो ।

केही दिन अगाडि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बन समेत गरिसकेको छ । जिल्ला अदालत काठमाडौँले सजाय निर्धारण गरेकै दिन उनले सफाइ नपाएसम्म राष्ट्रिय टिमबाट नखेल्ने स्वघोषणा गरेका थिए । त्यसपछि उनले क्यानलाई पत्र पठाउँदै अदालतले सुनाएको फैसला स्विकार्नुको विकल्प नभएको तर, अन्तिम साससम्म न्यायको खोजी गर्ने बताएका थिए ।

अहिले उनी उच्च अदालत जाने तयारीमा छन् । सन्दीपलाई अदालतले दोषी ठहर गरेपनि लाखौँ समर्थकहरू उनको पक्षमा छन् । हामीले देख्दै र सुन्दै आएका बलात्कारका घटनाहरू सन्दीप र पलको भन्दा बिलकुल फरक थियो । त्यसैले पनि धेरै मानिसहरू पक्षमा छन् ।

सन्दीपबारे लेखिएको पोस्टमा एक फेसबुक प्रयोगकर्ता विवेक खड्काले कमेन्ट गर्दै तर्क जसरी पनि गर्न सकिने तर नेता चन्द्र भण्डारीले भनेजस्तै बलात्कारलाई परिभाषित गर्न आवश्यक रहेको बताएका छन् । अर्का युजर लेख्छन् ‘हाम्रो लडाई सन्दीप र बलात्कृत भएकी भनिएकी केटी सँग होइन, कानुन सँग हो ।’

सामाजिक सञ्जालहरूमा सन्दीप विरुद्ध काठमाडौँ जिल्ला अदालतले गरेको निर्णयमा धेरैले समर्थन गरेका छन् भने थोरैले विरोध गरेका छन् । एउटा राष्ट्रका गहना भइसकेपछि यो हुनु स्वाभाविक पनि हो । झन् टिकटकका भिडहरू उनका ‘डाइहाट फ्यान’ थिए ।

अहिले उनको चम्किलो क्रिकेट करियर अस्तव्यस्त बनेको छ । तर देशका गहना, धन वर्ग, राजनीतिज्ञ वा ठूलापद, ओहदामा बस्नेहरू, जोसुकै भएपनि दोषीलाई कारबाही हुनैपर्छ । निर्दोषलाई सजाय हुनुहुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *