मिर्चैया नगरपालिकाले पालिकाबाटै दिन थाल्यो राहदानी

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले स्थानीयस्तरबाटै राहदानी वितरण गर्न थालेको छ ।

नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरिन् ।

‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ’, नगरप्रमुख यादवले भनिन्
‘आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।’

उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ । स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =