रास्वपाको केन्द्रीय समिति बैठकले गर्यो ५ निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले ५ वटा निर्णय गरेको छ। बुधबार बसेको बैठकले पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरुको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको उपसभापति डीपी अर्यालले बताए।

यस्तै केन्द्रीय सदस्य डा प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरेको छ। यसबाहेक केन्द्रीय विभागहरुलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विभागहरुको कामको सूची अनुसूची—१ अनुसार हुने विज्ञप्तिमा उल्लेख छ।

यसैगरी सहकारी र लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरु उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले जानकारी गराएका थिए।

माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद् अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरिएको जनाइएको छ।

यस्तै भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको गरिएको छ। त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =