श्रृंखलावद्ध चोरी गर्ने रघुनाथ पक्राउ, राष्ट्रपतिले दिएका थिए आममाफी

काठमाडौं । श्रृंखलावद्ध चोरी कार्यमा संलग्नलाई ललितपुर प्रहरीले सार्वजनिक गरेको छ ।
बुधवार ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलावद्ध रुपमा राति घरमा कोही नभएको मौका छोपी चोरी गर्ने वर्ष ४० का दोलखाको सैलुङ गाउँपालिका ४ स्थायी घर भएका रघुनाथ बस्नेतलाई सार्वजनिक गरेको हो ।
प्रहरीले चोरी कार्यमा संलग्न उनलाई भक्तपुर थिमी नगरपालिका ९ निकोसेराबाट पक्राउ गरेको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० शेखर खनालले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँमा चोरी गरेको फेला परेको बताए ।
उनले उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट सुनको गरगहना करिब २७ तोला, चाँदी गरेर अन्दाजी मूल्य ३७ लाख १६ हजार ९२५ बराबरको नगद र धनमाल चोरी गरेको र सानेपाबाट २४ लाख ७६ हजार बराबरको धनमाल, सानेपामै विदेशी नागरिकको कोठाबाट चोरी गरेको बताए ।
चोरी कार्यमा संलग्न भई पक्राउ परेका व्यक्तिले यसअघि नै १२ वटा मुद्दामा कारबाही भोगिसकेको प्रमुख खनालले बताए ।
उनलाई केही समय अघि मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।








