रुखको घाँस काट्दा काट्दै खसेकी थिइन् रितु, बाटोमै गुमाइन ज्यान
२०८० माघ ३ गते

कैलाली । कैलालीमा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका–८ लठुवाकी १७ बर्षीया रितु थापा रुखको घाँस काट्ने बेला रुखबाट खसेकी थिइन् ।
रुखबाट खसेर अचेत अवस्थामा भेटिएकी उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रितुका आफन्त मिलन बुढाले जनाकारी दिए ।
थापा मंगलबार दिउँसो ३ बजेतिर घाँस नजिकैको जङ्गलमा गएकी थिइन् ।
उनको पुर्ख्यौली घर अछामको ढकारी गाउँपालिका हो ।
२०८० माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित








