आज रातिबाट राष्ट्रियसभा निर्वाचन आचारसंहिता लागू

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ।

आचारसंहिता निर्वाचनको भोलिपल्ट माघ १२ गतेसम्म लागू हुने छ।

निर्वाचन आयोगका अनुसार आचारसंहिता लागू भएको अवस्थामा कुनै सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाउने छैनन्।

यस्तै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कुनै सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन पनि पाउने छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 11 =