बसले हान्दा ३० वर्षीय अजित बोटेको ज्यान गयो

स्याङजा । स्याङ्जामा बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । सोमबार बिहान पौने ९ बजे कालीगण्डकी गाउँपालिका–७ आँधीमुहान ड्यामस्थित भित्री सडकमा बसले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार जयपतेबाट रिडी जाँदै गरेको ग १ ख ४१५० नम्बरको बसले पैदल हिँडिरहेका ३० वर्षीय अजित बोटेलाई ठक्कर दिएको थियो । ठक्कर पछि बोटेको घटनास्थलमै मृत्यु भएको डिएसपी रानाले बताए । घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =