निगमले तिर्यो जहाज खरिदको ५३ करोड ऋण
२०८० पुस २९ गते

नेपाल वायुसेवा निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाजको पुस मसान्तसम्मको ऋण भुक्तानी गरेको छ।
अन्तर्राष्ट्रिय उडानको लागि जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो।
त्यसमध्ये दुई न्यारोबडी जहाजको २०८० पुस महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक ऋण भुक्तानी गरेको निगमका प्रवक्ता रमेश पौडेलले बताए।
उनका अनुसार आइतबार ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ।
निगमले ए ३२० जहाजको सञ्चय कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ र ए ३३० जहाजको १० करोड भुक्तानी गरेको छ। नागरिक लगानी कोषलाई ए ३३० जहाजको १० करोड भुक्तानी गरेको छ।
२०८० पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








