हुण्डी कारोबारमा संलग्न आरोपी २ जना पक्राउ
२०८० पुस २९ गते

हुण्डी कारोबारमा संलग्न आरोपी २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन घर भएका ४२ वर्षीय राजु गौतम र काभ्रेपलाञ्चोक घर भएका ३९ वर्षीय भिमसेन गौतम छन्।
काठमाडौँको महावौद्धमा इलेक्ट्रिक पसल ‘राधाकृष्ण जनरल स्टोर’ सञ्चालन गर्दै आएका राजु हुण्डी कारोबारी र भिमसेन। भरिया भएको प्हरीको आरोप छ।
उनीहरुको साथबाट १३ लाख ७५ हजार नगद र ७ लाख ९७ हजार बराबरको चेक बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए।
महावौद्धबाट पक्राउ परेका आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी केसीले बताए।
२०८० पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








