भारतको खुद्रा मुद्रास्फीति बढेर ५.६९ प्रतिशत पुग्यो
२०८० पुस २९ गते

एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२३ मा बढेर ५.६९ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।
सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २०२३ मा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ ।
नोभेम्बर २०२३ मा, सिपिआई ५.५५ प्रतिशत थियो । डिसेम्बरमा खुद्रा मुद्रास्फीतिमा भएको वृद्धि मुख्यतया केही खाद्य वस्तुको मूल्यमा भएको वृद्धिको कारण हो ।
२०८० पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








