माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज

काठमाडौं । सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको विधान संशोधनबारे छलफलका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरु हुने भएको हो ।

पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको छ । उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले गरेको यो प्रस्तावमा आजदेखि बस्ने स्थायी कमिटी बैठकमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =