अर्पण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पौडेल सर्वसम्मत

काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिका-१ बकुलहरस्थित अर्पण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मोहदत्त पौडेल (सुरज) सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न १४ औ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रामकुमार बजगाईँ, सचिवमा महेश पाण्डे,कोषाध्यक्षमा टुकानाथ आचार्य र सदस्यहरूमा ध्रुवराज लामिछाने, तुलसीदेवी सुवेदी, सावित्री पौडेल, भगवती देवकोटा, चन्द्रनारायण श्रेष्ठ, धनञ्जय शर्मा, गोविन्द पौडेल चयन भएका छन् । अधिवेशनले लेखा समिति संयोजकमा किशोर चालिसे र सदस्यहरूमा कृष्णप्रसाद आचार्य,डिलकुमारी गिरीलाई चयन गरेको छ ।

राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा निवर्तमान अध्यक्ष मेघनाथ पौडेलले भावी कार्ययोजना, सचिव किशोर चालिसेले प्रगति प्रतिवेदन,कोषाध्यक्ष रामकुमार बजगाईँले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक दिनेश रेग्मीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा २ जना असल बचतकर्ता, २ जना उत्कृष्ट ऋणी, १ जना ज्येष्ठ शेयर सदस्य, एक जना कर्मचारीलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराई, जनजागृति सहकारीका निवर्तमान अध्यक्ष रमाकान्त पौडेल, सहकारीका पूर्व अध्यक्ष यमन भुसाल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =