दाङ बस दुर्घटना अपडेट : ५ जनाको मृत्यु

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या ५ पुगेको छ ।

शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको दाङका एसपी रामबहादुर केसीले जानकारी दिए । २० जना घाइते भएका छन्।

उनीहरुलाई राप्ती विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिएको छ। दुर्घटनालगत्तै नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीहरू उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =