दाङको भालुवाङस्थित राप्ती नदी पुलबाट बस खस्यो

दाङको राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट बस खसेको छ । शुक्रबार राति साढे १० बजेतिर नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस १० बजे राप्ती पुलबाट खसेको हो ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । उद्धारका लागि घटनास्थलमा पुगेका विष्टले बस दुर्घटनामा केही मानिस हताहत भएको बताए ।

स्थानीय र प्रहरी उद्धार कार्यमा सक्रिय छन् । घाइतेहरुलाई उद्धार गर्दै अस्पताल पठाउने काम जारी रहेको ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख हरिबहादुर रोकायले जानकारी दिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *