जनता एग्रो र कन्काई नगरपालिकाबीच ‘उचित मूल्य र बजार प्रवर्द्धन’ सम्झौता

काठमाडौँ । जनता एग्रो र झापाको कन्काई नगरपालिकाबीच अर्ग्यानिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धनको लागि सम्झौता भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रम गरी जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेड र कन्काई नगरपालिकाबीच व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धन गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा जनता एग्रोको तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र कन्काई नगरपालिकाको तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै कन्काई नगरपालिकाका स्थानीय किसानले व्यावसायिक कृषिलाई अगाडि बढाउन आवश्यक तालिम, बीउ बिरुवा तथा प्राङगारिक मल, कीटनाशक औषधि र उत्पादन खरिद बिक्री सम्मको व्यवस्था जनता एग्रो एण्ड फरेष्ट्रीले गर्ने भएको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै जनता एग्रोका अध्यक्ष पवनकुमार गोल्यानले कनकाई नगरपालिकाका किसानले उत्पादनको उचित मूल्य र बजार पाउने विश्वास रहेको बताए । उनले जनता एग्रोले जग्गा बाँझो राखेर युवाहरू विदेश पलायन हुनुपर्ने अवस्थाको अन्त्यको लागि व्यावसायिक कृषि ‘खेतीदेखि विक्रेता’ सम्म गुणात्मक उत्पादन र आपूर्ति प्रणालीको विकास गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले स्थानीय तहहरूसँग सम्झौता गरिरहेको बताए ।

उनले कन्काई नगरपालिका भित्रका किसानहरूको आम्दानी कृषिको माध्यमबाट बढाउन आवश्यक रहेको बताए । अध्यक्ष गोल्यानले कनकाईका किसानले एक बिगाहा जग्गामा खेती गरेर वार्षिक ५० हजार कमाउन नसक्ने अवस्था रहेको भन्दै आफूहरूले पाँच वर्षमा ५ लाख आम्दानी गर्नसक्ने बनाउने प्रतिबद्धता जनाए ।

उनले नेपालमा ४ खर्बको कृषि वस्तुहरू आयात गरिरहेको भन्दै नेपालमा नै कृषि उत्पादन गरी ४ खर्ब बराबरको निर्यात गर्नसक्ने बन्नुपर्नेमा जोड दिए । अध्यक्ष गोल्यानले आयात भइरहेको ४ खर्ब कृषि वस्तु आगामी ५ वर्षभित्रमा शून्यमा ल्याउने प्रयासमा नगरपालिको साथ सहयोग हुने विश्वास गरिरहेको बताए । उनले नगरपालिकासँगको सम्झौता र सहकार्यले कन्काई नगरपालिकामा हुने कृषि उत्पादनको पहिचान, उद्यमको विकास तथा कृषि प्रशोधन उद्योगको स्थापना गर्न सुधार पुग्ने विश्वास व्यक्त गरे ।

उनले कन्काई नगरपालिका भित्रका १ हजार बिगाहा जग्गामा व्यावसायिक कृषि उत्पादनको काम गर्नसक्ने बताए । उनले कन्काई नगरपालिकाका किसानले उत्पादन गरेको कृषि सामग्री नेपाल र अन्तर्राष्ट्रिय बजारमा समेत जनता एग्रोले पुयौउने प्रतिबद्धता जनाए ।

कन्काई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जनता एग्रोसँगको सम्झौताले कन्काई नगरपालिका भित्र कृषि उत्पादन र उद्यमका क्षेत्रमा क्रियाशील उद्यमी तथा नवउद्यमीलाई अवसरको ढोका खुलेको बताए ।

उनले जनता एग्रोसँगको सम्झौतासँगै किसानको जीविकोपार्जनको ग्यारेन्टीमा सघाउ पुग्ने र आर्थिक रुपमा समृद्धितर्फ अगाडि बढाउने विश्वास रहेको बताए । उनले जनता एग्रो र नगरपालिकाबीचको सम्झौता कृषि क्षेत्रको लागि उदाहरणीय बन्नुपर्ने बताए ।

उनले व्यवसायीक कृषि क्षेत्रको सुधार र उत्पादन वृद्धि गर्ने काममा नगरपालिका प्रतिबद्ध रहेको बताए । त्यस्तै, कन्काई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीष्मभूषण सिटौलाले जनता एग्रोसँगको व्यावसायिक कृषिको लागि भएको सम्झौता कृषि क्षेत्रको विकासको बाटो खोलेको रुपमा लिएको बताए ।

उनले कन्काई नगरपालिकाका किसानहरूको समृद्धिका साथै कृषि रोजगारको अवसर मिल्ने अपेक्षा रहेको बताए । नगरपालिकाको बाँझो रहेको जमिनलाई एग्रोले उच्च मूल्य पाउने कृषि उत्पादन लगाउने सझौता भएकाले त्यहाँको किसानको समस्या समाधान र आर्थिक आम्दानी बढाएको बताए ।

जनता एग्रोले स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्दै अर्ग्यानिक कृषि उत्पादन वृद्धि गरी बजारीकरणका लागि पहल गरिरहेको छ । सरकारले नै स्थानीय तरुसँगको सहकार्यमा किसानहरूले उत्पादन गरेको कृषि सामग्रीलाई बजारीकरण गर्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =