सन्दीपलाई ८ वर्ष कैदको फैसलापछि सांसदले लेखे – होनहार खेलाडीलाई बली चढाइयो

क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको छ। यस्तै बलात्कार भएकी किशोरीलाई २ लाख रुपैयाँ क्षतिपूर्ति पनि दिनु पर्ने भएको छ।

बुधवार अदालतले यस्तो सजाय सुनाएपछि गण्डकी प्रदेशका एक सांसदले विदेशीको इशारामा फसाइएको आरोप लगाएका छन्।

बागलुङका सांसद कृष्ण पाठकले उनलाई अरूले नै फसाएको बताएका हुन्।

‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’ उनले फेसबुकमा स्ट्याटस लेखेका छन् । पाठक एमालेको समानुपातिक सांसद हुन्।

प्रतिक्रिया

2 thoughts on “सन्दीपलाई ८ वर्ष कैदको फैसलापछि सांसदले लेखे – होनहार खेलाडीलाई बली चढाइयो

  1. इ सांसद को भनाईमा सत्यता छ र मेरो पनि भनइ यहि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =