बलात्कार गरेर भागेका आरोपी कतारमा पक्राउ, नेपाल ल्याइयो 

खोटाङमा बलात्कार मुद्दामा फरार रहेका प्रतिवादी कतारमा पक्राउ परेका छन्। खोटाङ हलेसी तुवाचुङ नगरपालिका ७ का १९ वर्षीय किरण राई दोहामा पक्राउ परेका हुन्।

उनलाई पक्राउ गर्न इन्टरपोलले ५ दिन पहिले मात्रै रेडनोटिस जारी गरेको थियो।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका राईलाई  ५ दिन भित्रै पक्राउ गर्न प्रहरी सफल भएको हो।

एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने र गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको छ।

राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =