५ करोडको ल्यान्ड क्रुजर किन्ने तयारीमा थिए बम्जन

काठमाडौं । रामबहादुर बम्जनले ल्यान्ड क्रुजर एक्सएल गाडी खरिद गर्न लागेको पाइएको छ ।

गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा ५ करोड रुपैयाँ ‘बुक’ भएको प्रहरीले जनाएको छ ।

५ मध्ये ३ करोड रुपैयाँ बुझाइसकिएको पाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

आफूलाई ’लिटल बुद्ध’ दाबी गर्ने बम्जन मंगलबार साँझ पक्राउ परेका हुन् । उनी ५ वर्षदेखि प्रहरीको खोजी सूचीमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =