लगातार चौथो दिन घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८० पुस २५ गते

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ रुपैयाँले घटेर १ लाख १८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।
आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
२०८० पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








