कोशीका सभामुख विष्टले लिए शपथ
२०८० पुस २४ गते

काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले शपथ लिएका छन् ।
मंगलबार प्रदेशसभाबाट निर्वाचित भएसंगै विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
राप्रपा समानुपातिक सांसद विष्ट सत्तारुढ गठबन्धन दल र नेकपा एमालेको समर्थनमा सभामुख बनेका हुन् ।
सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्री केदार कार्की, उपसभामुख सृजना दनुवारलगायत उपस्थित थिए ।
२०८० पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित








