माझी बस्ती पुगे सांसद शर्मा, ३ महिलाको निःशुल्क उपचार गरिदिने

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले माझी समुदायका महिलाको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ मा रहेको माझी समुदायका ३ महिलाको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

सांसद शर्मा आफै माझी बस्तीमा पुगेका थिए । बस्तीमा सांसद शर्माले सो समुदायका महिला र विपन्न व्यक्तिसँग भेटघाट गरेका थिए । उनले माझी समुदायका समस्या र समाधानबारे पहल गर्ने पनि बताएका छन् ।

पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुक, बुद्धिजीवी तथा नागरिक अगुवाहरूसँगको भेटघाट कार्यक्रममा लागि सांसद शर्मा कोशीका ७ जिल्लाको भ्रमणमा छन् । सोही भ्रमणका क्रममा उनी माझी बस्तीमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =