राति अबेर निर्णय भयो, म कसरी उम्मेदवार भएँ थाहा छैन : सिटौला (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताएका छन् ।
सोमवार राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै उनले यस्तो बताए ।
उनले काँग्रेसलै राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताए ।
उनले भने– ‘राति अबेर निर्णय भयो कसरी भयो थाहा छैन, मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली काँग्रेसहित गठबन्धनका साथीहरुले एकजुट भइ उम्मेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उम्मेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नेछौँ ।’
सिटौलाको प्रश्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।








