रमेश लेखकको फोनपछि फर्किए शेखर, देउवासँग छुट्टै छलफलमा

कांग्रेस संसदीय बोर्डको बैठक छोडेर हिँडेका नेता शेखर कोइराला फेरि सानेपा फर्किएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभामा चार सिट मागेका कोइराला समूहलाई छुट्टै कोटा तोकेर दिन इन्कार गरेपछि कोइराला पार्टी कार्यालयबाट बाहिरिएका थिए।
तर प्रमुख सचेतक रमेश लेखकले फोन गरेर उनलाई बोलाएका हुन्। छलफल गरेर सहमती गरौँ भन्दै लेखकले बोलाएका हुन्। सानेपा फर्किएपछि उनी देउवासँग छलफलमा छन्।
बैठकअघि नै औपचारिक सहमती जुटाउने प्रयास भइरहेको छ।
राष्ट्रिय सभाका १९ मध्ये दस सिट पाएको कांग्रेसले भने टिकट टुंगो लगाउन सकेको छैन। अन्य दलले टुंगो लगाएका छन्। आफ्नो पक्षको धारणा तय गर्न बोलाएको शेखर गगन समूहको बैठकमा पनि ४ सिट नछाड्ने सहमती भएको थियो।
१० सिट मध्ये कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला उम्मेदवार बन्ने सहमती भएको छ। देउवाले टिकट दिएपछि सिटौला कोइरालालाई पनि भेटेर फर्किएका छन्।








