त्रिभुवन विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद
२०८० पुस २२ गते

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।
शनिवार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
पक्राउ पर्नेमा श्रीलंकन नागरिक कन्थीमाथी काभास्कार रहेको पाइएको छ । ती श्रीलंकन महिला दुबईबाट सुन लिएर राति १२ः५ बजे विमानस्थल आइपुगेको र १ बजे पक्राउ परेको डीआईजी ठकुरीले बताए ।
ती महिलाले सुन आफ्ना भित्री बस्त्रमा लुकाएर ल्याएको पाइएको छ । उनले ब्रा र कट्टुमा सुन लुकाएर ल्याएकी थिइन् ।
घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२०८० पुस २२ गते
प्रतिक्रिया








