कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज
२०८० पुस २२ गते

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
शनिबार बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिएपछि आजका लागि सारिएको हो । गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि भएको भागबन्डाको छलफल तथा भोली हुने उम्मेदवारी दर्ता अघि सो बैठक बोलाइएको हो ।
सम्भवतः आजको बैठकले पार्टीका तर्फबाट आजका लागि उम्मेदवार चयन गर्नेछ ।
२०८० पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित








