उपराष्ट्रपति र चिनियाँ प्रतिनिधिमण्डलबीच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिस्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङले भेटवार्ता गरेका छन्। शनिबार हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपसचिव युगाङसहित चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन्।

भेटमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबिच दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको बताइएको छ।

उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गरेका छन्।

‘हाम्रा दुई मुलुकहरूले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठुलो महत्त्व दिएका छन्’, उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =