काठमाडौँका यी क्षेत्रमा आज चार घण्टा बत्ती जाने
२०८० पुस २१ गते

काठमाडौँ । आज काठमाडौंको चाबहिलदेखि बौद्धलगायतका क्षेत्रमा चार घण्टा बिजुली काटिने भएको छ ।
उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ ।
फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ । निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत् सेवा सुरु हुनेछ ।
२०८० पुस २१ गते
प्रतिक्रिया








