उपकुलपतिका लागि आह्वान गरिएको दरखास्तमा अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि आह्वान गरेको सूचनामा अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको सूचनाको बुँदा नं.(ङ) को विश्वविद्यालयको पदाधिकारी मध्ये कुनै एक पदमा ३ वर्ष काम गरेकोले आवेदन दिन पाउने भन्ने प्रावधानमा अनेरास्ववियुले आपत्ति जनाएको हो ।

यो प्रावधानले योग्य व्यक्तिहरूलाई खुला प्रतिस्पर्धाबाट वञ्चित गराउने र पुनः विश्वविद्यालयमा राजनीतिक स्वार्थ हाबी हुन दिने वर्तमान गठबन्धन सरकारको मनसाय रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालाद्धारा जारी गरिएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘यस घटनाक्रमले प्रधानमन्त्रीको त्रिभुवन विश्वविद्यालय सुधार गर्ने भन्ने अभिव्यक्ति जनताको आँखामा छारो हाल्ने काम मात्र भएको प्रमाणित भएको छ ।’

अनेरास्ववियुले ‘बोर्ड अफ ट्रस्टी’ मार्फत त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न माग गरेको छ ।

उसले भनेको छ–‘देशको बिग्रँदो उच्च शिक्षाको अवस्था सुधार गर्न र राजनीतिक खिचातानीले ग्रस्त त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता कायम गर्न वर्तमान शासकीय स्वरूप परिवर्तन गरेर ‘बोर्ड अफ ट्रस्टी’ मार्फत त्रिभुवन विश्वविद्यालय सञ्चालन गर्न र प्रधानमन्त्री कुलपति तथा शिक्षा मन्त्री सहकुलपति हुने प्रणाली अन्त्य गरी प्राज्ञिक व्यक्तिलाई कुलपति लगायत पदाधिकारी नियुक्त गर्नका लागि त्रि.वि ऐन संशोधन लगायत आवश्यक व्यवस्था गर्न सरकारलाई वृहत् दबाब सिर्जना गर्ने शैक्षिक आन्दोलनमा साथ, समर्थन दिन सम्पूर्ण न्याय प्रेमी विद्यार्थी साथीहरू, राजनीतिक दलहरू, विद्यार्थी सङ्गठनहरू, नागरिक समाज, पत्रकार जगत लगायत आम जनसमुदाय समक्ष हार्दिक अपिल समेत गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =