जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गरेर बस्ने छुट नेपाललाई छैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको विषयलाई नजरअन्दाज गरेर बस्ने छुट नेपाललाई नभएको बताएकी छन् ।

शुक्रवार वन तथा वातावरण मन्त्रालयले काठमाडौंमा आयोजना गरेको संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सम्बन्धि २८ औं सम्मेलन (कोप–२८) को समिक्षात्मक बैठकमा बोल्दै उहाँले सो कुरा बताएकी हुन् ।

मन्त्री गुरुङले जलवायु परिवर्तनले नेपालको हिमालमा मात्रै नभई बस्ती, शहर र पूर्वाधार विकासमा पार्ने असर, जनताको सेवा सुविधा र आर्थिक स्थायित्वमा पार्ने असरहरु एकदमै जटिल बन्दै गएको उल्लेख गर्दै यसलाई नजरअन्दाज गरेर बस्ने छुट र फुर्सद दुवै नेपाललाई नभएको स्पष्ट पारिन् ।

उनले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि कोष परिचालन गर्नका लागि सम्बन्धित मन्त्रालयहरुबीच सहकार्य हुनुपर्नेमा पनि जोड दिइन् ।

मन्त्री गुरुङले कोप २८ मा नेपालको उपस्थिति विश्वमा नै पहिचान दिलाउने खालको भएको दाबी गर्दै त्यसलाई स्थापित गराउनका लागि भने अन्तर मन्त्रालयबीच ठोस योजना तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याइन् ।

उनले भनिन्– ‘हिमाल पग्लिसके पछाडी हाम्रा बस्ती, सहर र पूर्वाधार विकासमा पार्ने असर, जनताको सेवा सुविधा र आर्थिक स्थायित्वमा पार्ने असरहरु चाँही हाम्रो लागि एकदमै जटिल बन्दै गएको छ । त्यो हिसावले पनि हामीले यो क्लाईमेट चेन्जको विषयलाई नजरअन्दाज गरेर बस्ने हामीसँग छुट छैन । र, पर्खीरहने फुर्सद पनि हामीलाई छैन । त्यो हिसावले हामीले साँच्चीकै सेन्सेटिभ भएर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।’

मन्त्री गुरुङले जलवायु परिवर्तनले पारेको असरको क्षति नेपालले भोग्नुपर्ने भएकाले त्यसको न्युनिकरणका लागि वाह्य लगानी भित्र्याउने कुरारमा ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =