भृकुटीमण्डपमा ‘नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु (तस्बिरहरू)

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।

शुक्रवारबाट सुरु भएको मेला २२ गते आईतवारसम्म तीन दिन सञ्चालन हुनेछ । मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईका अनुसार नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले गर्न आयोजना गरेको हो ।

उनले विगत ८ वर्षदेखि सहकार्य गर्दै मेला सञ्चालन गरिरहेको बताए । उनले मेलामा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरू रहने जानकारी दिए ।

प्रबन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजना गरिएको बताए ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु रहेका छन् ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, नेपालका दिग्गज आर्किटेक्ट, इन्जीनीयर्स तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहेको छ ।

प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनाउने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *