राजाको पक्षमा खुलिन् एमालेकी पूर्वसांसद गंगा चौधरी

काठमाडौं । नेकपा एमालेकी पूर्वसांसद गंगा चौधरी राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेकी छन् ।

आज भैरहवामा आयोजित पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रममा उनी सक्रिय सहभागी भइन् र भाषण समेत गरिन् ।

तत्कालीन समानुपातिक सांसद चौधरीलाई गत वर्ष मंसिरमा भएको प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी थिइन् । दाङ १ मा स्वतन्त्र उम्मेदवार बनेकी चौधरी झिनो मत ल्याएर पराजित भइन् । उक्त क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएको थियो । उनलाई हराएर नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए ।

चुनावमा बागी उम्मेदवार बनेका कारण एमालेले उनलाई पार्टीबाट निस्कशान गरेको थियो । त्यसपछि उनले आफ्नो राजनीतिक धार बदल्दै ‘राजावादी’ बनेकी छन् ।

पूर्वराजाको अभिनन्दन कार्यक्रममा भाषण गर्दै चौधरीले दलीय व्यवस्था फेल भएको र राजाको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘राजाले अब नेतृत्व लिन डराउनु पर्दैन । जनता फिल्डमा आइसके ।’

आफ्नो भाषण सिध्याउनु अगाडि उनले भिडसँग मिलेर ‘हाम्रो राजा हाम्रो देश प्रण भन्दा प्यारो छ’ देखि ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाइन् ।

चौधरीले मुलुकमा दलहरूले केही गर्न नसकेकोले अब देशको नेतृत्व गर्न आग्रह गरिन् । उनले गरेको अनुरोधलाई ज्ञानेन्द्रले ताली बजाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =